निहुरो निकासीमा लाङटाङ राष्ट्रिय निकुञ्जले रोक लगायो

विदुर खबर २०७५ भदौ ५ गते ११:२५

रसुवा÷ वर्षायाममा जंगलको सिमसारमा पाइने निहुरो निकासीमा लाङटाङ राष्ट्रिय निकुञ्जले रोक लगाएको छ ।

निहुरो स्थानीयस्तरमा परम्परादेखि उपभोग बाहेक संकलन वा बिक्रि वितरण गर्न नपाइने लाङटाङ राष्ट्रिय निकुञ्जको प्राबधान अनुरुप जैविक विविधता संरक्षणका लागि निहुरो संकलन गर्न कडाई गरिएको छ ।
सदियौदेखि तरकारीको रुपमा खादै आएको निहुरो स्थानीय बासिन्दालाई २÷४ मुठा उपभोग गर्न छुट भएपनि निकासीमा प्रतिबन्ध लगाएको छ । व्यवसायीक उद्धेश्यबाहेक रसुवाबाट फर्किनेहरुको लागि कोसेलीको रुपमा ५ मुठासम्म निहुरो लैजान पाउने व्यवस्था भएपनिे लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजंग गणले कडाइका साथ निगरानी बढाएको छ ।
सिजनको बेला तरकारीको रुपमा प्रयोग गरिने निहुरो रसुवाबाट फर्कनेहरुलाई र रसुवावासीलाई कोसेलीको रुपमा लान भने ५ मुठा सम्म निकुञ्जले छुट दिदै मानब अधिकारको समेत सम्मान गरेको छ ।विगतमा भन्दा यसवर्ष देखि निहुरो संकलनकर्ताको संख्या कमि आएको छ । भारी बर्षा, बढी कुहिरो लाग्ने, सिस्नुको घारीले शरीरमा पोल्ने भएका कारण निहुरो संकलनमा कमि आएको स्थानीय सिङ्गीढिंण्डुप लामाले बताए ।

व्यवसायिक हिसावले लुकिछिपि निकासी गर्न खोजेमा त्यस्ता व्यापारीलाई कार्वाही हुने जनाइएको छ । सालबसाली कुहिने भएता पनि सिस्नुको बोट छेउ सिमसारमा हुने र सिस्नु पन्छाउदा वनस्पति काटी लठ्ठी बनाउने गरेकोले निहुरो संकलनको लागी जंगल पस्न प्रतिवन्ध लगाएको निकुन्जले जनाएको छ ।

Advertisement

प्रतिक्रिया