काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणाली हट्याे

विदुर खबर २०७८ माघ १५ गते ९:५७

नुवाकोट । काठमाडौं उपत्यकामा चल्ने बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली हटाइएको छ ।

Advertisement

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

Advertisement

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

प्रतिक्रिया