फिल्म हल र रात्रीकालिन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
विदुर खबर
२०७८ माघ २ गते १७:२४

नुवाकोट । कोरोना भाइरस बढ्दै गएपछि सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय लगाएत भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेका हो ।
मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म हल रात्रीकालिन व्यवसाय तथा जिम बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया