दैनिक ५ हजार संक्रमित भेटिए लकडाउन गर्न सिफारिस
नुवाकोट । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनालाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने ब्रिफिङ गरेको छ ।

सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कोराना महामारीको वर्तमान अवस्था र भविष्यमा सरकारले चाल्नुपर्ने कदमका विषयमा जानकारी गराउने क्रममा दैनिक ५ हजारभन्दाबढी संक्रमित भेटिए लकडाउन गर्नुपर्ने सुझाव दिएको हो ।
‘तत्काल नै लकडाउनमा जानुपर्ने अवस्था छैन,’ सिसिएमसिलाई उदृत प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ‘संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्य प्रणालीले धान्न सक्दैन । त्यसैले दैनिक ५ हजारभन्दा बढी कोराना संक्रमित भेटिए लकडाउन गर्नु उपयुक्त हुन्छ ।’
बुधबार ३ हजार ७५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ११ हजार ६९० छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना संक्रमितको संख्यामा बढ्दै गए माघ दोस्रो सातासम्म दैनिक ५ हजारभन्दाबढी संक्रमित देखिने प्रक्षेपण गरेको छ ।

सिसिएमसिले लकडाउनमा जानुपर्ने सुझाव दिएपनि सोमबार मात्र अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रले फेरि पनि लकडाउन धान्न नसक्ने बताएका थिए ।
‘विगतमा गरिएको लकडाउनले अर्थतन्त्रमा निकै खराब असर थियो,’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘त्यसैले फेरि पनि लकडाउनमा जानु उपयुक्त हुँदैन् ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया