शिक्षामन्त्री पौडेललाई काेराेना संक्रमण पुष्टि
विदुर खबर
२०७८ पुष २६ गते २१:१९
नुवाकोट । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आजदेखि मन्त्री निवासमै उनी आइसोलेसनमा बसेका थिए ।
मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले मन्त्री पौडेलको आज स्वाब परीक्षणका दिएका थिए । उनको आज नै पोजेटिभ रिपोर्ट आएको प्रेस संयोजक खड्काले बताए । मन्त्री पौडेललाई आइतबारदेखि रुघा, खोकी लागेको थियो ।
नेकपा माओवादी केन्द्रको महाधिवेशनलगत्तै अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण देखिएपछि अन्य नेतालाई समेत संक्रमण देखिएको छ ।
नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, दिनानाथ हर्मा लगायत नेतालाई कोरोना संक्रमण देखिएको छ । यसअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि करिब एक सातादेखि बन्द गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया