नेपालमा एकैदिन १,१६७ कोरोना जनामा संक्रमण पुष्टि
नुवाकोट । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।

आइतबार एक हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको कुल १२ हजार ६३२ नमुना परीक्षणमध्ये ८४१ जनामा पीसीआर परीक्षण गर्दा र एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पाइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले एक दिनमा २ जनाको निधन भएको बताएकी छिन् । उनले २२४ जना संक्रमण निको भएर डिस्चार्ज भएको पनि जानकारी दिएकी छिन् ।
आइतबार भक्तपुरमा २५, ललितपुरमा ९९ जना र काठमाडौंमा ४९१ जना संक्रमित थपिएको प्रवक्ता मिश्राले बताइन् । यसरी उपत्यकामा यस दिन कुल ६१५ जनामा संक्रमण भेटिएकाे हाे ।
हाल देशमा ६ हजार ७५५ सक्रिय संक्रमित छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार १२७ र संस्थागत आइसोलेसनमा ६२८ जना रहेका छन् । यसैगरी संस्थागत आइसोलेसनमध्ये आइसीयुमा ७०, भन्टिलेटरमा १६ जना र संस्थागत क्वारान्टिनमा २८ जना छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया