नेपालमा एकैदिन १,१६७ कोरोना जनामा संक्रमण पुष्टि

विदुर खबर २०७८ पुष २५ गते २०:३७

नुवाकोट । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।

Advertisement

आइतबार एक हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको कुल १२ हजार ६३२ नमुना परीक्षणमध्ये ८४१ जनामा पीसीआर परीक्षण गर्दा र एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण पाइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले एक दिनमा २ जनाको निधन भएको बताएकी छिन् । उनले २२४ जना संक्रमण निको भएर डिस्चार्ज भएको पनि जानकारी दिएकी छिन् ।

Advertisement

आइतबार भक्तपुरमा २५, ललितपुरमा ९९ जना र काठमाडौंमा ४९१ जना संक्रमित थपिएको प्रवक्ता मिश्राले बताइन् । यसरी उपत्यकामा यस दिन कुल ६१५ जनामा संक्रमण भेटिएकाे हाे ।

हाल देशमा ६ हजार ७५५ सक्रिय संक्रमित छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार १२७ र संस्थागत आइसोलेसनमा ६२८ जना रहेका छन् । यसैगरी संस्थागत आइसोलेसनमध्ये आइसीयुमा ७०, भन्टिलेटरमा १६ जना र संस्थागत क्वारान्टिनमा २८ जना छन् ।

Advertisement

प्रतिक्रिया