जाडोले हिटरको व्यापार उच्च
नुवाकोट । चिसो मौसमका कारण बजारमा अत्यधिक रुपमा हिटर बिक्री भएको छ । जाडोबाट बच्नका लागि सबैभन्दा बढी प्रयोग हुने हिटर जाडो मौसम प्रवेश लगत्तै अत्यधिक हिटर बिक्री हुन थालेको हो ।

गर्मी मौसममा अत्यधिकरुपमा फ्यान बिक्री भए जस्तै जाडोको मौसममा हिटर बिक्री हुन्छ । त्यसैले, व्यवसायीहरूले सोहीअनुसार बजारमा सामग्री आयात र बिक्री वितरण गर्दछ । अहिले चिसो मौसम भएका कारण हिटर अत्यधिक रुपमा बिक्री हुन थालेको व्यवसायीहरूको भनाइ छ ।
अनामनगरस्थित रहेको एसएमएस किचन स्टोरका सञ्चालक मिना श्रेष्ठले जाडोका कारण हिटर अत्यधिक बिक्री भएको बताइन् । उनकाअनुसार अन्य वर्षको तुलनामा यो वर्ष बढी भएको छ ।
‘हरेक चिसो मौसममा हिटरको बिक्री हुने गर्दछ,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘तर, यो वर्ष विगतको तुलनामा धेरै बिक्री भएको छ ।’
बजारमा सामान्य परिवारलेसमेत जाडोमा हिटर किनेर प्रयोग गर्न सक्ने प्रकारका हिटर उपलब्ध छन् । जसले गर्दा आफ्नो परिवारको आकारको हिसाबले हिटर किन्न सक्ने उनको भनाइ छ ।
उनले विगतको दिनमा दैनिक ७/८ वटा हिटर बिक्री गर्दै आएकोमा यो वर्ष भने दैनिक १० देखि १५ वटा बिक्री भएको जानकारी दिइन् ।
त्यस्तै, शान्तिनगरस्थित साई इलेक्ट्रोनिक्स प्रालिका सञ्चालक गोविन्द केसीले दैनिक २५ वटासम्म हिटर बिक्री भइरहेको बताए । उनले गत वर्ष दैनिक मुस्किलले १५ वटा बिक्री गरेका थिए । अहिले भने हिटर बढी किन्न थालेको उनको भनाइ छ ।
‘मैले जाडो महिना शुरु भएसँगै १ सय वटा हिटर ल्याएको थियो,’ उनले भने, ‘उक्त हिटर केही दिनमै बिक्री भयो ।’
जाडो मौसमको शुरुवातीमा बढी बिक्री भएको हिटर अहिले भने कम हुँदै गएको उनको अनुभव छ ।
त्यस्तै, पहिलो चरणम १ सय वटा हिटर बिक्री गरेको केसीले पुनः १ सय हिटर ल्याएर बिक्री गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया