एमाले नुवाकोटको अध्यक्षमा मैनाली र प्रधानको दाबेदारी
नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली र बुद्धि प्रधानले दाबी गरेका छन् ।

शुक्रबार हुने एमालेको सातौं जिल्ला अधिवेशनमा दुई जनाले अहिले अध्यक्षमा दाबी गरिरहेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकतापछि नेकपा हुँदै विभाजनबाट एमाले नै कायम भएको र एमाले पनि विभाजन भएर एक समूह बाहिरिएपछि हुन लागेको जिल्ला अधिवेशनलाई कार्यकर्ताहरूले महत्वका साथ लिएका छन् । यो जिल्ला अधिवेशनमा वर्तमान अध्यक्ष नारायणप्रसाद खतिवडा उम्मेदवार नै बन्न पाउने छैनन् । विधान अनुसार लगातार दुई पटक नेतृत्व गरेको व्यक्ति तेस्रो पटक उम्मेदवार बन्न नपाउने भएकोले खतिवडा बाहिरिने छन् ।
तर, अब खतिवडाले कसलाई आफ्नो उम्मेदवार बनाउने छन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो । अदालतबाट नेकपा एमाले व्युतिएपछि पनि माधव नेपाल पक्षका खतिवडाले एमालेको विरोध गर्दै आएका थिए । औपचारिक रूपमा पार्टी विभाजन हुनेक्रममा एमालेमै रहेको खतिवडा अहिले पार्टीका कमजोर उपस्थितीमा रहेका छन् । संभवत जिल्लामा सर्वसम्मत नै नेतृत्व चयन हुनेछ । तर, सर्वंसम्मत नभई मतदान नै भएमा भने खतिवडाले पार्टी सचिव बुद्धी प्रधानलाई अघि सार्ने निश्चित भएको
कार्यकर्ताहरूले बताएका छन् ।
अबको अध्यक्ष हालका उपाध्यक्ष बदी मैनाली पनि अघि बढ्ने पक्का भएको छ । हालका जिल्ला अध्यक्ष तत्कालिन अवस्थामा नेपाल समूहमा लागेर एमालेमा सक्रिय नभएपछि मैनाली नै अध्यक्ष भएर केही समय पार्टीको जिल्ला तहको नेतृत्व सफलतापूर्वक गरेका थिए । तर, पार्टीको आएको विवाद र विभाजनमा १० बुँदे सहमतिपछि मैनाली पछि सरेर खतिवडालाई अध्यक्ष स्वीकार गरेर अघि बढेको कारण अबको अध्यक्षको पम्रखु दाबेदार मैनाली नै हन् ।
सर्वसम्मत भएमा मैनालीनै अध्यक्ष हुने पक्का जस्तै देखिएको छ भने सर्वसम्मत नभएमा मैनालीसँग पतिष्पर्धा गर्न पधान नै मैदानमा देखिने भएका छन् । पधान र खतिवडा लगायतको ढलमुले नीतिका कारण पनि पार्टी उनीहरूको पकडबाट बाहिरिएको कार्यकर्तावर्गमा चर्चा चल्न थालेको छ ।
जसको कारण पधान उम्मेदवार भएमा पनि उनको उपस्थिती बलियो नहने एमालेका एक जिल्ला सदस्यले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया