पन्चकन्या गाउँपालिका वडा नम्बर १ को कार्यालय कर्मचारी विहिन

विदुर खबर २०७८ पुष ११ गते १२:२०

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय कर्मचारीविहिन बनेको छ ।

Advertisement

वडाध्यक्षसहित सबै कर्मचारी कार्यालयमा नहुँदा सेवाग्राहीले मर्कामा परेको गुनासो व्यक्त गरेका छन् ।

केही कर्मचारीहरु विदामा वसेको तथा वडाध्यक्ष मणिनाथ लामिछानेसहित केही कर्मचारीहरु पार्टीको रााष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाण्डौ गएकोले वडा कार्यलय कर्मचारी विहिन बनेको हो ।

Advertisement

वडामा कार्यरत कुनै पनि कर्मचारी नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक विष्ट र वडाध्यक्ष लामिछानेले कार्यालयमा कृषि प्राविधिकलाई खटाएर कार्यालय मात्र खुलाएका छन् ।

कार्यालयमा कृषि प्राविधिकि खटाएपनि सिफारिस लगाएतका कामहरु ठप्प भएको छ ।

Advertisement

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टले कर्मचारी अभावका कारण वडामा कृषि प्राविधिक खटाएको जानकारी दिए । वडा कार्यालय बन्द गर्ने कुरा भएन, वडा सचिव अस्पतालमा उपचार गरिरहेका छन भने कार्यलय सहयोगी सुत्केरी विदामा रहेकोले कृषि प्राविधिकलाई वडा कार्यालयमा राखेका हौ उनले भने ।

तर कृषि प्राविधिकले कार्यालय खोलेपनि वडा कार्यालयमा कुनैपनि सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् ।

वडाध्यक्ष
सिफरिस, द्दरजग्गा ध

प्रतिक्रिया