जोशिला युवाक्लबद्धारा गणेश माविलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेशस्थानमा रहेको जोशीला युवा क्लबले श्री गणेश माध्यामिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष अच्युत ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एकमुष्ट शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन । वितरण गरिएका सामाग्रीहरुमा कपि, पेन्सील, ज्यामिति बक्स, फुटवल र स्पिकिन रहेका छन् ।

शैक्षिक तथा खेलकुद सामाग्री बितरण कार्यक्रममा बैज्ञानिक उत्तम लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष भैरब बहादुर अधिकारी र बिधालय प्रध्यानाअध्यापक रामकृष्ण खकुराल र गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश गिरी लगायतको उपस्थिति रहेको थियो ।

वि.स.२०७० मा स्थापना भएको जोशीला युवा क्लब गणेशस्थानले शिक्षा र स्वास्थ कार्यक्रम अन्र्तगत रहेर पाँचौ चरणको कार्यक्रममा गणेश माबिलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

क्लबले स्थापनादेखि नै स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया