रसुवाको जनसंख्या ४५ हजार ५ सय ५४ पुग्यो
रसुवामा १० वर्षमा २ हजार २ सय ५४ जनसंख्या थपिएको छ ।

यो थप भएसँगै जिल्लाको कुल जनसंख्या ४५ हजार ५ सय ५४ पुगेको छ । प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा २२ हजार ८ सय ५९ पुरुष र २२ हजार ६ सय ९५ महिला रहेका छन् ।
जिल्ला जनगणना कार्यालय रसुवाका अनुसार जिल्लाको औषत वार्षिक जनसंख्या वृद्धिदर ०.००४८ रहेको छ । २०६८ सालको जनगणना अनुसार जिल्लाको औषत वार्षिक जनसंख्या वृद्धिदर मानइस ०.३ प्रतिशत रहेको थियो ।
तथ्यांक अनुसार नौकुण्डमा १२ हजार ९५, कालिकामा १० हजार १ सय ७२, उत्तरगयामा ८ हजार ५ सय ७१, गोसाइँकुण्डमा ८ हजार ४३ र आमाछोदिङ्मोमा ६ हजार ६ सय ७३ जनसंख्या रहेको छ । अहिले प्रारम्भिक तथ्यांक आएको र केही प्राविधिक त्रुटि भएको रहेछ भने तथ्यांकमा केही परिवर्तन हुनसक्ने जिल्ला जनगणना अधिकारी कपिल धितालले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ को अभियान कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएको थियो । जिल्लामा २०३८ मा ३० हजार २ सय ४१, २०४८ मा ३६ हजार ७ सय ४४, २०५८ सालमा ४४ हजार ७ सय ३१ र २०६८ मा ४३ हजार ३ सय जनसंख्या रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया