बुद्धभुमि हाइड्रोपावरको शेयर रजिष्ट्रार परिवर्तन

विदुर खबर २०७८ मंसिर १७ गते १७:००

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरेको दुई महिना पछि शेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

Advertisement

कम्पनीले आईपीओ निष्काशन गरेको दुई महिना भन्दा बढि भैसक्दा पनि नेप्सेमा शेयर सूचीकरण भएको छैन् । कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन गर्न समय लागेपछि शेयर सूचीकरणमा ढिलाई भएको हो ।

यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ ।

Advertisement

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट गरेको छ ।

Advertisement

प्रतिक्रिया