नेपाली कांग्रेस नुवाकोटमा नयाँ नेतृत्वको लागि मतदान शुरु
नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोटमा नयाँ नेतृत्व चयनको लागि मतदान शुरु भएको छ ।

विदुरस्थित पार्टी कार्यालयमा भएको मतदान दिउँसो करिव ५ बजेबाट शुरु भएको हो । अहिलेसम्म करिव ७ सय मत खसेको बताईएको छ । निर्वाचनको लागि झण्डै १८ सय मतदाता रहेका छन् ।
मतदानको लागि ८० ओटा बुथ तयार गरिएकोले छिट्टै मतदान सकिने निर्वाचन अधिकृत प्रतापसिंह ठकुराठीले बताए ।
अधिवेशनको लागि जिल्ला सभापतिमा रमेश महत र डा.केदारनरसिंह केसीले सभापतिमा दाबी गरेका छन् । जिल्लामा लामो समय प्रभाव पारेका महत र केसी समुहले यसपटक पनि छृुट्टछुट्टै प्यानल बनाएर उम्मेद्धवारी दिएको छ ।
नुवाकोटको दुई क्षेत्र र ४ प्रदेशसभा नै आफ्नो पक्षमा पारेको महत समुहलाई संघिय सांसद वहादुरसिंह लामाले पनि साथ दिएपछि महत पक्ष आफ्नो जित निश्चित रहेको भन्दै हौसिएको छ ।

यस्तै क्षेत्र नम्बर १ को क्षेत्रिय निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रिय महाधिवेशनमा विजयी भएका डा. केदारनरसिंह केसी पनि आफ्नो व्यक्तिगत लोकप्रियता देखेर हौसिएका छन् ।
जिल्लाको १२ ओटा पालिकामा महत र केसी समुह समान हैसियतमा रहेका छन । तर दुबै क्षेत्रिय र प्रदेशसभा निर्वाभन क्षेत्रमा निल भएपछि केसी झस्किएको छ । उसले जिल्ला कब्जा गर्ने अँितम उपायको रुपमा डा. केदारलाई अघि सारेको हो ।
यस्तै महत समुहले दुबै क्षेत्र र प्रदेश कब्जागरेपछि जिल्ला कब्जा गर्ने रणनिति लिएको छ । क्षेत्र र प्रदेश कब्जा गरेर हौसिएको महत समुह जिल्लामा पनि केसी समुहलाई रिङ आउट गर्ने तरखरमा लागेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया