तरुण दल नुवाकोटका अध्यक्ष लामाद्धारा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

विदुर खबर २०७८ मंसिर ४ गते २१:४०

नुवाकोट । तरुण दल नुवाकोटका अध्यक्ष सिँहराज लामाले केन्द्रिय महाधिवेसन प्रतिनिधीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

क्षेत्र स्तरिय अधिवेशन सकिए लगत्तै लामाले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । लामा २०७४ सालमा तरुण दल नुवाकोटको अध्यक्ष भएका थिए । २०६४ सालमा तरुण दलकै क्षेत्रिय सभापति समेत बनेका लामा तरुण दलको इतिहासमै पहिलो तामाङ समूदायबाट बनेका अध्यक्ष हुन् ।

बाल्यकालदेखी नै नेपाली काँग्रेसको राजनीतिमा चासो राख्दै आएका लामाको पारिवारिक पृष्ठभूमी पनि बलियो रहेको छ । उनी पञ्चायतकालमा सत्तापक्षबाट टाउकाको मोल तोकिएका लालबिर तामाङका भतिजा हुन् । निर्माण व्यवसायमा संलग्न लामा जिल्लामा राजनीतिक र सामाजिक दुवै क्रियाकलापमा संलग्न छन् ।

Advertisement

२०७२ सालको विनाशकारी महाभूकम्पका बेलामा उनको भूमिका निकै सराहनिय रहेको थियो । त्यस बखत उनी भूकम्पमा परेकाहरुको उद्धारका लागि हेलिकप्टरको समेत व्यवस्था गरी उद्धार कार्यमा सरिक भएका थिए । त्यसबाहेक कोभिड १९ (कोरोना)को महामारीमा समेत लामा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहे ।

पञ्चायती व्यवस्था विरुद्ध ज्यानकै बाजी थापेर लागेका लालबीर तामाङकै पथ पच्छ्याएका लामाको उमेद्वारीलाई नुवाकोटका काँग्रेसहरुले अर्थपूर्ण रुपमा लिएको बताएका छन् ।

Advertisement

प्रतिक्रिया