मेरो माइक्रो फाइनान्सद्धारा अपाङ्ग तथा जेष्ठ नागरिकलाई सहयोग

विदुर खबर २०७८ कार्तिक २७ गते १६:३३

नुवाकोट। नुवाकोटको मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट देबिघाटस्थित अपांग तथा ज्येष्ठ नागरिकको जीवनयापनमा सहजता आवस होस् भनेर विभिन्न सामान सहयोग गरेको छ ।

Advertisement

शनिबार देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर बट्टार अनुगमन अधिकृत सरोज पण्डितले संरक्षक भरत दाहाललाई हस्तान्तरण गरेका हुन् । ९ वटा सेतो छडि, ४ वटा ह्वील चियर र ४ वटा बैशाखी संस्थाको नवौं बार्षिकाेत्सबको अवसरमा प्रदान गरेको संस्थाले जनाएको छ ।

“ज्येष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ,” संरक्षक दाहालले भने । उनले देबिघाट स्थित वृद्धा आश्रममा केही नभएका र कोही नभएका ज्येष्ठ नागरिकलाई समितिले गास बासको व्यवस्था गर्दै आएको जानकारी दिए ।

Advertisement

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको लघुबित्त हाल देशका ६४ जिल्लामा १४९ शाखा संजाल मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया