रसुवामा जनगणनाको लागि ७८ जना गणक खटिए
रसुवा। रसुवामा राष्ट्रिय जनगणनाको लागि ७८ जना गणक खटिएका छन् ।

जिल्लाको आमाछोदिङ्मोमा १०, गोसाइँकुण्डमा १८, कालिकामा १५, उत्तरगयामा १७ र नौकुण्ड गाउँपालिकामा १८ जना गणक खटिएका जिल्ला जनगणना कार्यालय रसुवाले जनाएको छ ।
जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकेका छन् । गणनाको लागि सम्पूर्ण कार्यक्षेत्रमा आवश्यक सामाग्री सहित गणकहरु खटाइएको जिल्ला जनगणना अधिकारी कपिल धितालले बताए ।
परिवारमा अक्सर बसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिइने छ ।
कोही नछुट्ने र कोही नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाउन कार्यालयले आग्रह गरेको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया