पन्चकन्याको भद्रुटारमा एकै घरको ५ बाख्रा बाघले खायो
विदुर खबर
२०७८ कार्तिक २५ गते २०:५४
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा एकै घरको ५ ओटा बाख्रा बाघले खाइदिएको छ ।

स्थानिय तिलखोरिया वनमा चराउनको लागि लगिएको एउटा बोकासहित ५ बाख्रा बाघले आइदिएको पिडित कमानसिंह तामाङले जानकारी दिए ।
गाउँमा बाघको बिगबिगी हुँदा घरका बाख्रा नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गरेका छन् ।
वनमा बाघको बिगबिगी बढेसँगै गाउँलेहरु घाँस दाउराको लागि वन जान समेत डराउन थालेका छन् ।
पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघ र भालुले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने





प्रतिक्रिया