अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ । डलरको विनिमयदरमा प्रतिडलर वृद्धि हुँदा निगमले अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार निगमले आईओसीलाई भुतानी गर्नुपर्ने हुँदा निगमलाई थप नोक्सान थपिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताउनुभयो ।
गत जुनमा १ सय ८ रुपियाँ रहेको डलर लगातार उक्कालो चड्ने क्रममा हाल १ सय १२ रुपियाँ विनिमय दर रहेको छ । जुन यता ४ रुपियाँ डलर बढेपछि निगमको ६० करोड रुपियाँ थप दायित्व बढेको निमित्त प्रमुख भट्टराईको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा ७१ देखि ७३ कै आसपासमा प्रतिव्यारेल क्रल आयलको मूल्य रहेको भए पनि अमेरिकन डलरको कारणले निगमको घाटा चुलिदै गएको निगमको भनाइ रहेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन गँदै आए पनि अमेरिकी डलरसँग भारतीय र नेपाली मुद्रा कमजोर हुँदा निगमको घाटामा थप भएको हो ।
यसले गर्दा नेपाली सामान निर्यात गर्दा र बिपे्रषण भित्रिँदा भने नेपाललाई टेवा पुग्ने छ, तर नेपाली बजार आयतमुखी भएसँगै डलरको विनिमयदरमा वृद्धिको कारण नेपालको व्यापार घाटा थप चुलिएको अवस्था छ । भारतवाटै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति भैरहेकको अवस्था छ तेस्रो देशबाट पेट्रोलीयम पदार्थ आयात गर्ने भएपछि सरकारले अपेक्षित बाटो तय गरिसकेको अवस्था छैन् । यता डलरसँग भारतीय मुद्रा भने कमजोर अवस्थामा रहेको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा जम्मा कारोबारको ८० प्रतिशत हिस्सा आगटेको डिजेलमा प्रतिलिटर २ रुपियाँ ३६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ८० रुपियाँ ६४ पैसा घाटा रहेकोमा हवाई इन्धनबाट हुने केही मुनाफाले घाटा कम गर्न सहयोग पुगेको जनाएको छ । आईओसीको नयाँ मूल्यअनुसार डिजेल र एलपी ग्यासमा मात्रै १५ दिनमा झण्डै ५० करोड घाटा निगमले जनाएको छ । अन्तराष्ट्रिय बजारमा भएको मूल्यको परिवर्तनमा निगमले मूल्य समायोजन गर्न सकेमा केही हदसम्म भए पनि निगमको घाटामा राहत पुग्ने देखिएको छ ।
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो हुँदा सीमा क्षेत्रमा भारततर्फ नै पैठारी बढेकोले निगमलाई व्यवस्थापनका लागि थप चुनौती रहेको छ । हाल वीरगञ्ज–रक्सौल नाकामा पेट्रोल प्रतिलिटर २४ दशमलव ९७ र डिजेल २७ दशमलव ३३ पैसा सस्तो रहेको अवसथा छ ।
निगमले २०७१ असोजदेखि प्रचलनमा ल्याएको स्वतः निर्धारण मूल्य संरचनाबमोजिम मूल्यको विस्तृत विश्लेषण गर्दै आईओसीबाट हरेक १ तारिक र १६ तारिकमा प्राप्त मूल्यसूचीको आधारमा गर्दा बजार मूल्य निर्धारण गदै आएको छ । आईओसीले हरेक १५ दिनको अन्तरालमा मूल्य परिवर्तन गरी मूल्य समायोजन गर्दै आएको छ ।














मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया