नुवाकोटमा खेल मैदान निर्माण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङ

विदुर खबर २०७८ कार्तिक १० गते ६:४७

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङले आफ्नै व्यक्तिगत खर्चमा खेलमैदान निर्माण गरिरहेका छन् ।

Advertisement

गाउँपालिकाको घ्याङ्स्वारामा उनले ब्यक्तिगत रुपमा खेलमैदान निर्माण गरिरहेका हुन् ।

युवाहरुको आर्कषण खेल क्षेत्रमा रहेको भन्दै उनीहरुको आवश्यकता र गाउँपालिकामा खेलकुद क्षेत्रको विकास गर्न आफनै खर्चमा खेल मैदान निर्माण गरिरहेको उनले बताए ।

Advertisement

प्रतिक्रिया