नुवाकोट आर्दश बहुमुखी क्याम्पस क्यूएए प्राप्तीको अन्तिम चरणमा

नुवाकोट । नुवाकोटमा ०४२ सालमा स्थापना भएको नुवाकोट आदर्श बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्याभूति (क्युएए) प्राप्तिको अन्तिम चरणमा पुगेको छ ।

०६८ सालदेखि नै गुणस्तरीय सुनिश्चितता प्रत्याभूति (क्युएए) प्रक्रियामा अघि बढेको र हाल अन्तिम चरणमा पुगेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसले जनाएको छ ।
क्युएए प्रक्रियाका एक सय २० वटा मापदण्ड अन्तर्गतका कतिपय सूचक पूरा गर्दै अघि बढने क्रम तथा ०७२ सालको भूकम्पको प्रभावका कारण ०७२ साल मङ्सिर १ गते स्वअध्ययन प्रतिवेदन पेस भई ०७६ साल असार ७ गतेदेखि ९ सम्म प्रा.डा. वासुदेव काफ्लेको संयोजकत्वमा गठित समितिद्वारा प्रिभिजिट सम्पन्न भइसकेको छ ।
सो समितिले क्युएए प्रमाणीकरण गर्नका लागि विभिन्न आठवटा विधामा आवश्यक सुझाव प्रदान गरेको थियो । कतिपय नीतिगत छ भने कतिपय कार्यगत छन् । सो सुझावलाई कार्यान्वयन गरी पुनः स्वअध्ययन प्रतिवेदन पेस गर्न सकेको खण्डमा PRT हुन्छ र क्युएए प्रमाणीकरण हुनेछ ।
त्यसपछि क्याम्पसले अन्तर्राष्ट्रिय मान्यता पा्रप्त गर्ने क्याम्पसका प्राध्यापक एवम् क्युएएका लागि क्याम्पस संयोजक सुकुमान डङ्गोलले बताए । एक अब्बल क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस रसुवा, नुवाकोट र धादिङको एक ऐतिहासिक पृष्ठभूमिले सज्जित, भौतिक पूर्वाधार हुँदाहुदै पनि क्याम्पसमा हुने राजनीतिक खिचातानीले क्याम्पस धराशायी बन्दै गएको छ ।
त्रिदेशीय मार्ग पासाङल्हामु राजमार्गमा अवस्थित यस क्याम्पसमा हाल बहुसङ्कायमा स्नातकोत्तर तहसम्मको पठन–पाठन भइरहेको छ । ०४२ साल माघमा स्थापित क्याम्पस विभिन्न आराहे –अवराहे पार गर्दै अघि बढिरहेको छ । भौतिक, भौगोलिक, शैक्षिक ब्रान्डको हिसाबले यो क्याम्पस आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
क्याम्पस परिवर्तन गर्न र विकास गर्नका लागि विभिन्न प्रयास भएका छन् । यी प्रयासमध्ये विश्वविद्यालय अनुदान आयोगद्वारा सञ्चालित उच्च शिक्षा परियोजनामा सी स्किममा छनोट भई उच्च कार्य सम्पादन गर्न सफल भयो भने सन् २०१५ देखि २०२० अवधिका उच्च शिक्षा सुधार परियोजनामा दशैँ भरका क्याम्पसमध्य ४३औ स्थानमा छनोट हुन सफल भएको थियो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ र उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउनुपर्छ भन्ने अभिप्रायले ०६८ सालदेखि नै गुणस्तरीय सुनिश्चितता प्रत्याभूति (क्युएए) प्रक्रियामा सामेल भएको थियो । नेपालको संविधान २०७२ ले देशभरमा तीन तहको सरकार र शिक्षाका अधिकार सुनिश्चित गर्नका लागि तीनै तहमा शैक्षिक अधिकारसमेत प्रत्यायोजन गरेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तथा ११, १२ कक्षा, स्नातक, स्नातकोत्तर तहमा गरी करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । करिब सात हजार विद्यार्थी ग्य्राजुयट हासिल गरी देशको विभिन्न क्षेत्रमा उच्च ओहोदामा आसीन हुन पुगेका छन् ।
करिब ६५ जना प्राध्यापक– कर्मचारी कार्यरत यस क्याम्पसमा सञ्चालक समितिको छनोटमा राजनीतिक खिचातानीले क्याम्पसकोसाख गिदो अवस्थामा पगेको छ । क्युएएमा छनोट भइसकेपछि स्थानीय स्रोत–साधनको प्रयोग गरी आफ्नै पाठ्यक्रम निर्माण गर्दै रोजगारमूलक शिक्षासमेत प्रदान गर्न सक्ने क्याम्पसले जनाएको छ ।

क्याम्पसले अहिले क्युएए प्राप्तिका लागि सुविधायुक्त भवन, पुस्तकालय, कम्प्युटर ल्याबजस्ता भौतिक पूर्वाधार र साधनसहित शैक्षिक गतिविधिमा ध्यान दिँदै अगाडि बढेको क्याम्पस क्युएए संयोजक डङ्गोलले बताए ।
त्रिशुली प्रवाह साप्ताहिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया