साेलुखुम्बुकाे माथिल्लो भेगमा हिमपात,जनजीवन प्रभावित
विदुर खबर
२०७८ कार्तिक  ३ गते ६:४८
	
		
	नुवाकोट । सोलुखुम्बुको उच्च हिमाली भेगमा हिमपात भएको छ ।

निरन्तरको वर्षासँगै आज मङ्गलवारदेखि जिल्लाको चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् ।
नाम्चेका लामाकाजी शेर्पाका अनुसार कोङदे, थामसेर्कु, आमादब्लम लगायतका क्षेत्रमा हिमपात भइरहेकोे छ । नाम्चे, लुक्ला, खुम्जुङ, थामेसहितका क्षेत्रहरूमा हिजाे सोमवार दिउँसोदेखि निरन्तर वर्षा र हिमपात हुँदा चिसो अत्यधिक बढेको छ ।

वर्षा र हिमपातका कारण पर्यटकहरू अघि बढ्न सकेका छैनन् । हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र सेताम्मे बनेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
लगातारको पानी र हिमपातका कारण मानिसहरूको जनजीवन प्रभावित बनेकाे छ ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया