नुवाकोटको किस्पाङमा बस दुर्घटना २० घाईते
विदुर खबर
२०७८ कार्तिक १ गते ११:४२
नुवाकोट । नुवाकोटको किस्पाङ गाउपालिका वडा ५ मनकामनाको मानेगाउँमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

भाल्चेबाट काठमाण्डौतर्फ जान लागेको बा ४ ख ५७६२ बस दुर्घटनामा परेको किस्पाङ गाउँपालिकाले जानकारी दिएको छ ।
दुर्घटनामा २० जनाभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइतेलाई प्रहरीले एम्बुलेन्स मार्फत त्रिशुली अस्पताल ल्याइरहेको छ । घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
वसमा क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement
दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया