धनुषामा एक युवकको घाँटी रेटेर हत्या

नुवाकोट । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ ।
शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए ।
आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले घटना स्थलमा पुगि अनुसन्धान थालेको उनले बताए ।
प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको छ । मृतक पण्डितको ससुराली धनुषाको पौडेश्वरमा रहेको छ । पौडेशरबाट नगराइन गएको वा आफ्नो घर सिरहाको मिर्चैयाबाट त्यहाँ एकै चोटि पुगेको अहिलेसम्म केही नखुलेको उनले बताए ।
घटनाको सम्बन्धमा पीडित परिवारजनहरूसँग जानकारी लिने काम भइरहेको र मृतकको मोबाइलसमेत बरामद भएकोले त्यसको आधारमा घटनाको अनुसन्धान अगाडी बढाइएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया