बट्टार क्याम्पसका प्रमुख भोलाप्रसाद पाण्डेलाई विद्यार्थीले कार्यकक्षै थुने

विदुर खबर २०७८ असोज २१ गते १२:३०

नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारका प्रमुख क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेलाई विद्यार्थीले कार्यकक्षै थुनेका छन् ।

Advertisement

क्याम्पसका विभिन्न समस्या समाधान गर्न बारम्बार लिखित र मौखिक रुपमा जानकारी गराउँदा समेत क्याम्पस प्रमुख पाण्डेले बेवास्ता गरेपछि क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेको अनेरास्ववियु क्रान्तिकारीका एक विद्यार्थी नेताले विदुरखबरलाई जानकारी दिए ।

संयुत्त रुपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख पाण्डेलाई थुनेका छन् । विद्यार्थीहरुको कदमलाई अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले साथ दिएका छन् ।

Advertisement

क्याम्पस प्रमुखलाई विद्यार्थी संगठनले कार्यकक्षमै थुनेपछि क्याम्पस परिषरमा प्रहरी परिचालन गरिएको छ ।

फाईल फोटो ।

यसअघि क्याम्पसमा लामो समय क्याम्पस प्रमुख पाण्डे अनुपस्थित भएको भन्दै उनको कुर्सी समेत विद्यार्थीहरुले जलाएका थिए ।

Advertisement

प्रतिक्रिया