गोसाइँकुण्ड मेला सुरु,१५ हजार तीर्थयात्रीले मेला भर्ने अनुमान

रसुवा, जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । यो वर्ष करिब १५ हजार तीर्थयात्रीले मेला भर्ने अनुमान गरिएको छ । गत वर्ष करिब ७ हजार तीर्थयात्रीले मेला भरेका थिए ।
मेला व्यवस्थापनको आवश्यक तयारी पूरा भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । मेलाका लागि दररेट निर्धारण, फोहोर व्यवस्थापन, स्वास्थ्य क्याम्प सञ्चालन, स्वंयमसेवक परिचालन, यातायातको व्यवस्थापन, अस्थायी थर्पु निर्माण, पदमार्ग मर्मतलगायतका कार्य पूरा भएको अध्यक्ष संजिव डिएमले बताए ।
नागपञ्चमीदेखि मेला सुरु हुने भएपनि व्यवस्थापनको कार्य भने भदौ ४ गते पूरा हुनेछ । मेलाका लागि अस्थायी बास (थर्पु) १४ वटा सञ्चालन हुने अनुमान छ । घट्टेखोलादेखि गोसाइँकुण्डसम्म जानका लागि करिब ५० वटा घोडा रहने समितिले जनाएको छ । समितिका अनुसार प्रचारप्रसार गर्ने, पर्चा, पप्पलेट तथा दररेटको व्यानर छाप्ने लगायतका कार्य भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया