बुद्धभुमिको आइपीओमा २१ लाखले दिए आवेदन, ९६ प्रतिशत आवेदकको हात खाली हुने
नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

पछिल्लाे तथ्यांकअनुसार कम्पनीको आइपीओमा आवेदन दिने २० लाख बढी आवेदक अर्थात ९६.४७ प्रतिशत आवेदकले शेयर नपाउने भएका छन्। यसमा केहि आवेदन रद्द हुन सक्नेछ भने बैंकमार्फत आवेदन गर्नेको अझै आवेदन थप हुन सक्नेछ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज तमु ल्होसार, सार्वजनिक बिदा
कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत





प्रतिक्रिया