कांग्रेसको विदुर नगरसभापतिमा श्रेष्ठ विजयी
विदुर खबर
२०७८ असोज १० गते १६:०८
नुवाकोट । नेपाली कांग्रेसको विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन् ।

केहीवेरअघि सम्पन्न मतगणनामा निकटम प्रतिद्धन्दी बद्री रिमाललाई एक मतले पराजित गर्दै श्रेष्ठले जित हात पारेका हुन् ।
सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा सुमन अधिकारी र भिमसेन अर्याल विजयी भएका छन् । अधिकारीले एकसय ५६ मत पाउँदा अर्यालले एकसय ३१ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा अच्युत गिरी र सुजन गजुरेल विजयी भएका छन् । गिरीले एकसय ३५ मत पाउँदा गजुरेलले एकसय ३२ मत प्राप्त गरेका थिए ।
Advertisement
यस्तै सहसचिवमा रविन्द्र रिजाल र लोकस रिमालले जित हात पारेका छन् । उनीहरु दुबैले समान एकसय ३६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया