कांग्रेसको विदुर नगरसभापतिमा रिमाल र श्रेष्ठ भिड्ने

नुवाकोट । नेपाली कांग्रेसको विदुर नगरपालिकाको नगरसभापतिमा बद्री रिमाल र हरिलाल श्रेष्ठ भिड्ने भएका छन् ।

शुक्रवार राती बसेको दुई छुट्टाछुट्टै बैठकले नगर सभापतिमा रिमाल र श्रेष्ठलाई प्रतिष्पर्धीको रुपमा उठाउने निर्णय गरेको हो ।
रिमाललाई नेपाली कांग्रेसका हस्तीहरु डा. रामशरण महत, डा. प्रकाशरण महत, वहादुरसिंह लामा लगायतको साथ छ भने श्रेष्ठले केसी समुहको साथ पाएका छन् ।
नुवाकोटमा परम्परागत रुपमा देखिएको महत र केसी गुटले १४ औ महाधिवेशनमा पनि निरन्तरता पाएपनि यसपटक जिल्लामा केसी समुह कमजोर देखिएको छ ।
जिल्लाको अधिकांश स्थानमा युवाहरु नेतृत्वमा आउनु तथा यसपटक महत र देउवा समु्ह समेत जिल्लामा एकजुट हुनुले चुनावमा महत र देउवा समुह हावी हुने कांग्रेसकै नेताहरु बताउँछन् ।
सबैभन्दा बढी मतभार रहेका वडाहरुमा महत र देउवा समु्हका पदाधिकारी क्षेत्रिय प्रतिनिधि हुनुले समेत विदुर नगरपालिकामा समेत केसी समुह कमजोर देखिन्छ ।
विदुर नगरपालिकामा रहेको १३ वडा वडामध्ये सबैभन्दा बढी मत वडा नम्बर ५, ६ र ३ मा रहेका छन् ।
यसअघि विदुर नगरपालिकाको नगर सभापतिमा एकदर्जन भन्दा बढीले दाबी गरेपनि अन्तिम समयमा आएर रिमाल र श्रेष्ठले टिकट पाएका हुन् ।
नगरसभापतिको उम्मेदवार बनेका रिमाल विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्षका साथै नेपाली कांग्रेस वडा नम्बर ३ का ईकाइ सभापति समेत हुन् । श्रेष्ठ पनि कांग्रेसका पुराना नेता हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया