कांग्रेसको विदुर नगरसभापतिमा रिमाल र श्रेष्ठ भिड्ने

विदुर खबर २०७८ असोज ८ गते २१:३६
विदुर नगर सभापतिका उम्मेदवार रिमाल र श्रेष्ठ ।

नुवाकोट । नेपाली कांग्रेसको विदुर नगरपालिकाको नगरसभापतिमा बद्री रिमाल र हरिलाल श्रेष्ठ भिड्ने भएका छन् ।

Advertisement

शुक्रवार राती बसेको दुई छुट्टाछुट्टै बैठकले नगर सभापतिमा रिमाल र श्रेष्ठलाई प्रतिष्पर्धीको रुपमा उठाउने निर्णय गरेको हो ।

रिमाललाई नेपाली कांग्रेसका हस्तीहरु डा. रामशरण महत, डा. प्रकाशरण महत, वहादुरसिंह लामा लगायतको साथ छ भने श्रेष्ठले केसी समुहको साथ पाएका छन् ।

Advertisement

नुवाकोटमा परम्परागत रुपमा देखिएको महत र केसी गुटले १४ औ महाधिवेशनमा पनि निरन्तरता पाएपनि यसपटक जिल्लामा केसी समुह कमजोर देखिएको छ ।

जिल्लाको अधिकांश स्थानमा युवाहरु नेतृत्वमा आउनु तथा यसपटक महत र देउवा समु्ह समेत जिल्लामा एकजुट हुनुले चुनावमा महत र देउवा समुह हावी हुने कांग्रेसकै नेताहरु बताउँछन् ।

Advertisement

सबैभन्दा बढी मतभार रहेका वडाहरुमा महत र देउवा समु्हका पदाधिकारी क्षेत्रिय प्रतिनिधि हुनुले समेत विदुर नगरपालिकामा समेत केसी समुह कमजोर देखिन्छ ।

विदुर नगरपालिकामा रहेको १३ वडा वडामध्ये सबैभन्दा बढी मत वडा नम्बर ५, ६ र ३ मा रहेका छन् ।

यसअघि विदुर नगरपालिकाको नगर सभापतिमा एकदर्जन भन्दा बढीले दाबी गरेपनि अन्तिम समयमा आएर रिमाल र श्रेष्ठले टिकट पाएका हुन् ।

नगरसभापतिको उम्मेदवार बनेका रिमाल विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्षका साथै नेपाली कांग्रेस वडा नम्बर ३ का ईकाइ सभापति समेत हुन् । श्रेष्ठ पनि कांग्रेसका पुराना नेता हुन् ।

प्रतिक्रिया