नुवाकोटमा कोरोना संक्रमित भेटिन छाडे
नुवाकोट । नुवाकोटमा पछिल्लो एकसाता यता दैनिक कारोना संक्रमित भेटिन छाडेका छन् ।

दैनिक कोरोना संक्रमित भेटिन छाडेसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या समेत घट्न थालेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा जम्मा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ३ जना विदुर नगरपालिकाका, बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ५ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १० जना कोरोना संक्रमित कोरोनामुत्त भएका छन् ।
यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९५ जनामा झरेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ८५ जना होम आइसोलेसनमा, ६ जना अस्पतालमा र ४ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
जिल्लामा हालसम्म ७ हजार ९ सय ६३ जना कोरोनामुत्त भएका छन् । कोरोना संक्रमणबाट नुवाकोटमा ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म २७ हजार ३ सय ८७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया