पछिल्लो २४ घण्टामा नुवाकोटमा १० जना कोरोनामुत्त

विदुर खबर २०७८ भदौ २९ गते १५:४२

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १० जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १० जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जनाको पिसिआर र १२ जनाको एन्टीजेन परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय २६ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये एकसय १० जना होम आइसोलेसनमा, ९ जना अस्पतालमा र ७ जना आइसोलेसन सेन्टरमा उपचार गरिरहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

जिल्लामा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

हालसम्म जिल्लामा २७ हजार एकसय ९४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया