नुवाकोटमा केसी प्यानल कमजोर बन्दै, महाधिवेशनमा नेतृत्व गुमाउने पक्का
नुवाकोट । पछिल्लो समय नुवाकोटमा केसी प्यानल कमजोर बन्दै गएको छ ।
जिल्लामा लामो सयमदेखि केसी र महत पक्षको टसल देखिँदै आएपनि यहि भदौ २१ गते जिल्लाको ८८ वट्टै वडाको अधिवेशनको नजिताले केसी पक्ष कमजोर बनेको देखिन्छ ।
वडाबाट आएका प्रतिनिधिहरुमा समेत महत पक्ष हावी बन्दा जिल्ला महतमय बनेको छ । यसको असर केसी पक्षलाई जिल्ला अधिवेशनमा पर्ने निश्चितजस्तै छ ।
यसको उदाहरण विदुर नगरपालिका वडा नम्बर ४ र ५ को वडाअधिवेशनलाई समेत लिन सकिन्छ । लामो समयदेखि विदुर नगरपालिकाको सबै वडामा वलियो जरा गाडेर वसेका केसी पक्षका उम्मेद्धवारलाई हराउँदै महत पक्षका उम्मेद्धवारले सानदार जित हासिल गरेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ४ मा भएको वडा अधिवेशनमा केसी समूहको पूरै टिम पराजित भएको छ । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको वडामा सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.रामशरण महत समूहले क्लिन स्वीप पारेको हो ।
वडा अधिवेशनमा डा.महत समूहले सहमतिको प्रयास गरिएको थियो । केसी समूहले अबरोध सिर्जना गरेपछि निर्वाचन भएको थियो । केसी समूहले नुवाकोट जिल्लामा कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएको छ । केसी समूहकै कारण नुवाकोटमा कांग्रेस कमजोर बनेको आरोप छ ।
लामो समयदेखि नुवाकोट कब्जा गरेको केसी समूहले १४औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व गुमाउने पक्का जस्तै भएको छ ।
केसी समुह पैसा र पावर भएकाहरुलाई लिएर अगाडी बढ्दा क्षमता भएका तथा निष्ठावान कार्यकर्ताहरुले लामो समय पार्टीमा काम गरेपनि नेतृत्वको मौका नपाउने तथा महत पक्षले भटाभट क्षमता भएका तथा निष्ठावान र र युवालाई मौका दिँदा जिल्लामा केसी पक्ष कमजोर बन्दै गएको कांग्रेसकै पुराना नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
यस्तै जिल्लामा वहादुरसिंहको लामाको समेत पहुँच बढी देखिनु र महत पक्षलाई लामाको साथ हुनुले समेत जिल्लामा महत पक्ष थप मजबुत कन्दै गएको छ ।
यसको प्रत्यक्ष असर नगरदेखि प्रदेश, क्षेत्र र जिल्लामा पर्ने निश्चित छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया