नुवाकोटमा आज १२ जना कोरोनामुत्त
नुवाकोट । नुवाकोटमा आज १२ जना कोरोनामुत्त भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १२ जना कोरोनामुत्त भएसँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ८ सय ३५ पुगेको छ ।
यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एकसय ३२ मा झरेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनाको एन्टीजेन परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये दुबै जना लिखु गाउँपालिकाका रहेका छन् ।
जिल्लामा हालसम्म ४६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म जिल्लामा २७ हजार ११ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हाल दैनिक जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया