विदुर ४ मा कांग्रेस सभापतिमा रामचन्द्र रिमाल विजयी

विदुर खबर २०७८ भदौ २३ गते ६:३६

नुवाकोट । नेपाली कांग्रेसको विदर नगरपालिका वडा नम्बर ४ को वडा सभापतिमा रामचन्द्र रिमाल भारी मतले विजयी भएका छन् ।

Advertisement

मंगलवार राती सम्पन्न भएको मतगणनामा उनले सभापतिका अर्काे उम्मेद्धवार मुकुन्द प्रसाद अधिकारीलाई भारी मतले पराजित गरेका हुन् । रिमालले सभापतिमा एकसय १८ मत ल्याएर विजयी हुँदा प्रतिदन्द्धी अधिकारीले ५५ मत पाएका थिए ।

एक सचिव र एक खु्ल्ला क्षेत्रिय प्रतिनिधिवाहेक सबै पदमा रिमालको प्यानल नै विजयी भएको छ । उप–सभापतिमा लोकेस प्रधान र जीवराज रिमाल विजयी भएका छन् । लोकेसले एकसय एकसय २१ मत ल्याउँदा जीवराजले ९० मत पाएका थिए ।

Advertisement

यस्तै सचिवमा राजुमार श्रेष्ठले एकसय १५ र किशोर अर्यालले ८७ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सह–सचिवमा विष्णुप्रसाद नेपाल र अर्जुन प्रसाद रिमाल विजयी भएका छन् । नेपालले एकसय १७ मत पाउँदा रिमालले एकसय ९ मत पाएका थिए ।

यस्तै खुल्ला वडा सदस्यमा एकसय २५ मत ल्याएर हरिशरण रिमाल विजयी भएका छन् । त्यस्तै दशरथ थापाले एकसय २ मत पाएर विजयी भएका छन् । महिला सदस्यमा निर्वाचित भएकी लक्ष्मी घिमिरेले एकसय १४ मत पाएकी थिइन । यस्तै आदाीवासी जनजातप् कोटाबाट सिताकुमारी श्रेष्ठले एकसय ९ मत पाएर जित हासिल गरेका छन् ।

Advertisement

यस्तै आदिवासी जनजाती खुल्ला महिला सदस्यमा दिनेशकुमार श्रेष्ठ एकसय २५ मत ल्याएर विजयी हुँदा रमेशमान श्रेष्ठले ९३ मत पाएर विजयी रहे ।

खुल्ला क्षेत्रिय प्रतिनिधिमा सबैभन्दा बढी मत ल्याएर राजन श्रेष्ठ विजयी भएका छन् । उनले एकसय ३५ मत पाएका छन् । यस्तै हरिकृष्ण श्रेष्ठ एकसय २२, श्रीराम श्रेष्ठ एकसय ८, अच्युत गिरी एकसय ८, धुव्रलाल श्रेष्ठ एकसय ३ र दुर्गाराज पाठक ७१ मत ल्याएर विजयी भए ।

यस्तै महिला क्षेत्रयि प्रतिनिधिमा ज्ञानुमाया गिरी, रुकमणी सेढाई र गंगा नेपाली विजयी भएका छन् । गिरीले एकसय २५ मत पाउँदा सेढाईले एकसय ४ र नेपालीले एकसय ३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत हरेराम गिरीले जानकारी दिए ।

विजेताहरुलाई बुधवार विजयीको प्रमाणपत्र दिने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया