सडक आयोजनाको लापरवाहीले वेत्रावतीमा सडकबाट चिप्लिएर एक बृद्धाको मृत्यु

विदुर खबर २०७८ भदौ २० गते ७:०६

नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ–स्याफु्र–रसुवागढी सडक आयोजनाको लापरवाहीका कारण विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतिको सातविसमा एक बृद्धाको मृत्यु भएको छ ।

Advertisement

शनिवार राती ७ बजेतिर सडकमा हिँड्दै गरेकी विदुर १० कि ७६ वर्षिय अष्टमाया डंगोलको सडकबाट चिप्लिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यस्तै सडक आयोजना निर्माण कम्पनी तुन्डी कन्ट्रक्सनले सडक वेवारिसे अवस्थामा छाडेरे सडकपेटी पनि नबनाएको र उनको सडकको छेउबाट हिँड्ने क्रममा कल्र्भटबाट लडेर खोलामै मृत्यु भएको स्थानियले बताएका छन् ।

                                                 कल्र्भटबाट मृतक डंगोल यही खोलामा खसेका थिए ।

Advertisement

सडक आयोजनाको लापरवाहीको कारण डंगोलको मृत्यु भएको विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । उनले सडक आयोजनालाई बारम्बार समस्याको वारेमा जानकारी गराउँदा समेत सुनुवाई नभएको बताए ।

यता मृतकका आफन्तहरुले सडक आयोजनाले लापरवाही गरेको भन्दै सडक आयोजना र ठेकदारलाई कारवाहीको माग गरेका छन् । उनीहरुले सडक आयोजनाका प्रमुख र ठेकेदार कम्पनि तुन्डी एण्ड कन्ट्रक्सनलाई कारवाहीको माग गरेका छन् ।

           मृतकका आफन्तले सडक निर्माण कम्पनिलाई कारवाहीको माग गर्दे अवरुद्ध गरेको सडक ।

Advertisement

मृतकका आफन्तहरुले ठेकदारलाई कारवाहीको माग गर्दे वेत्रावति–त्रिशुली सडकखण्ड समेत अवरुद्ध गरेका छन् । उनीहरुले दोषीलाई कारवाही र पिडित पक्षलाई क्षतिपुर्ति नदिएसम्म सडक अवरुद्ध जारी राख्ने बताएका छन् ।

सडक आयोजना कम्पनी तुन्डी कन्ट्रक्सनले समयमा नै आयोजनाको निर्माण कार्य सम्पन्न नगरेको, मानिसहरुलाई हिँडडुल गर्न समेत असहज भएको तथा विभिन्न समयमा मानिसहरु लडेर घाइतेसमेत भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया