नुवाकोटमा सोमवारदेखि निषेधाज्ञा हट्ने
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत वैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा नुवाकोटमा हट्ने भएको छ ।
नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या दुईसयभन्दा बढी देखिएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।
तर जिल्लामा शनिवार सक्रिय कोरोना संकमितको संख्या एकसय ९७ मा झरेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा सोमवारदेखि हट्न सक्ने बताइएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक आइतवार अथार्त भोलि २० गते बस्ने भएकोले सोही बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने बताइएको छ । नुवाकाेटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले आइतवार काेभिड व्यवस्थापन समितिकाे बैठक बसेर छलफल गरिने बताए । उनले नुवाकाेटकाे हकमा काठमाण्डाै उपत्यकामा रहेकाे व्यवस्था नै लागु हुन सक्ने समेत बताए ।
प्रजिअ दुलालले शैक्षिक संस्थाहरूकाे विषयमा समेत निणर्य गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकाेटले भाैतिक रूपमा विधालय संचालन नगर्न भनेपनि जिल्लाका केही विघालयहरूले भाैतिक रूपमा विध्यार्थी बाेलाएर पढाइरहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिको यहि भदौ १० गतेको बैठकले भदौ २० गते राती १२ बजेसम्म जिल्लाभर लागु हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।
सरकारले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने व्यवस्था छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया