देशका विभिन्न ठाँउमा बम बिस्फाेट

विदुर खबर २०७५ साउन २९ गते २:१८

Advertisement

काठमाडाैंकाे सतुङगलमा बम फेला परेकाे छ । मंगलबार बिहान स्थानीयले  शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए । नेपाली सेनाले बम निष्क्रिय गर्ने तयारी थालेको छ।

यस्तै रौतहटको चन्द्रपुर नगरपालिका ५ मा सन्कास्पद बस्तु फेला परेको छ । सन्कास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले सो स्थानमा सर्बसाधारण लाई आवत जावत गर्न रोक लगायेको छ । फेला परेको सन्कास्पद बस्तु निष्क्रिय गर्न सेनाले तयारी थालेको छ ।

Advertisement

उता झापाको गौरादह नगरपालिका वडा नम्वर ७ सात स्थित वडा कार्यालयमा वम विस्फोट भएको छ थप विवरण आउन बाकिँ छ ।

एता भक्तपुरको लोकन्थलीमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।  रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको थियो । प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका थिए ।

Advertisement

मंगलबार सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, विप्लव समूहले नेपाल बन्दको आयोजना गरेको छ ।  बन्दले बिहानको जनजीवन सामान्य प्रभावित भएको छ। बिहान सञ्चालन हुने नीजि कलेजहरु बन्द भएका छन्। कतिपय विद्यार्थी तथा शिक्षकलाई बन्दबारे जानकारी नहुँदा कलेज पुगेर फर्केका छन्।

प्रतिक्रिया