नियन्त्रणमा लिएका विमानमा धमाधम पूर्वपाइलट भर्ती गर्दै तालिवान
 
		
	एजेन्सी । अमेरिकी सेनाले अफगान भूमि छोड्नुअघि तालिवानले करोडौं डलरका विमान, हेलिकोप्टर, लडाकू विमान नियन्त्रणमा लिएका थिए, जसलाई उडाउन अहिले लडाकूले अफगान एयर फोर्सका पूर्वचालक नियन्त्रणमा लिएका छन् ।
पछिल्लो समयमा तालिवानले देशका मुख्य दशवटा विमानस्थल नियन्त्रणमा लिएका थिए । बगरामदेखि मजर आई सरिफसम्मका विमानस्थल नियन्त्रणमा लिएका तालिवानले एउटा ब्ल्याक हक हेलिकोप्टर र केही लडाकू विमान कब्जा गरेका थिए । अहिले ती विमान पन्जशिर उपत्यकामा तालिवानविरोधी गतिविधि दबाउन प्रयोग गरिएको छ ।
अफगानिस्तानका अधिकांश क्षेत्र नियन्त्रण लिए पनि पन्जशिर उपत्यकामा तालिवान प्रवेश गर्न सकेको छैन । अमेरिकालगायतका देशमा विमान उडानसम्बन्धी तालिम प्राप्त अफगान एयर फोर्सका चालकहरुलाई नियन्त्रणमा लिन तालिवान नेताले आफ्ना लडाकूलाई निर्देशन दिएका छन् ।
तालिवानले कतिजना पूर्वपाइलटलाई भर्ना गरे भन्ने प्रष्ट छैन्, तर हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा रसियामा निर्मित एमआई १७ हेलिकोप्टर उडेको थियो । त्यस्तै, अर्को एक भिडियोमा ब्ल्याक हक पन्जशिर उपत्यकाको आकाशमा उडेको देखिएको थियो । तालिवान लडाकूले त्यस्तो व्यावसायिक उडान गर्न सम्भव नभएको विज्ञहरुले बताएका छन् ।
तालिम प्राप्त चालकबिना तालिवानले कब्जामा लिएका अत्याधुनिक विमान चलाउन असम्भव भएकाले उनीहरुले व्यावसायिक चालक रोजेका हुन् । अमेरिकाले अफगान भूमि छोडेपछि उत्साहित बनेका तालिवानले मंगलबार हमिद करजाई विमानस्थल नियन्त्रणमा लिएर एक करोड ४० लाख मुल्य बराबरको हर्कुलस जेटको ककपिटमा बसेर तस्बिर खिचिरहेका देखिन्थे ।
अमेरिकी सरकारले जुनमा गरेको एक जाँचअनुसार अफगान एयर फोर्सले एक सय ६७ जेट विमान, एक सय आठ हेलिकोप्टर ५९ विमान सञ्चालन गरेको थियो । काबुल छाड्नुअघि तालिवानको कब्जाबाट जोगाउन २४ हेलिकोप्टरसहित ४६ अफगान जेट उज्वेकिस्तान उडेका थिए । अफगान एयर फोर्स ग्राउन्डेड भएकाले त्यहाँका पाइलट लामो समयदेखि खाली छन् ।
अमेरिकी सेनाले काबुल छोड्नुअघि ७३ वटा विमान, एक सयवटा गाडी र अन्य उपकरण छोडेर गएका थिए । तीमध्ये विमान र उपकरणलाई बिगारेर छोडेका थिए ।
अफगानिस्तानमा अमेरिकी सेनाका कमान्डर जनरल फ्रयांक म्याक केन्जीकाअनुसार अमेरिकाले काबुल छोड्नुअघि ७३ विमान काम नलाग्ने बनाएर फर्किएको थियो । ती विमान र हेलिकोप्टरबाट असंख्य बन्दुक निकालिएका तस्बिर सार्वजनिक भएका थिए ।
अमेरिकाले छोडेका विमान चल्न नसक्ने बनाएर छोडेको बताइए पनि तिनलाई पुनः सञ्चालनमा ल्याउन सक्ने तालिवानको विश्वास छ । त्यस्तै, तालिवानले कब्जा गरेका उपकरण र विमानमध्ये अधिकांश सन् १९८० को दशकमा बनाइएका र त्यसलाई निरन्तर सर्भिस गर्नुपर्ने देखिन्छ ।
अमेरिकाले छोडेका र आफूले नियन्त्रणमा लिएका ती विमान सञ्चालन गर्न सकेमा नेटोे १० राष्ट्रका एयर फोर्सभन्दा अफगानिस्तानको एयर फोर्स बढी देखिन्छ ।
नेटोअन्तर्गतका राष्ट्रमध्ये सबभैदा बढी अर्थात् १३ हजार विमान अमेरिकासँग छ । फ्रान्स र टर्कीसँग क्रमशः एक हजार ५७ र एक हजार ५६ छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया