विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश
विदुर खबर
२०७५ साउन २८ गते १४:५२
काठमाडौँ, सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले गृहमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी गराउनुभयो ।
आइतबार विश्वकर्माका तर्फबाट नगेन्द्रबहादुर सिंह विश्कर्माले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द गौतम, शेरबहादुर केसी, विश्वप्रकाश भण्डारी, एकराज भण्डारी, हरि फुयाँललगायत १३ जनाले बहस गर्नुभएको थियो । सरकारले चन्दा उठाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया