कर्णाली राजमार्गमा गएको पहिरो,एकको मृत्यु

नुवाकोट । कर्णाली राजमार्गको कालिकोटको शुभकालिका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।
बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालिका गाउँपालिका–१ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो ।
सुनारलाई राजमार्ग माथिबाट आएको ढुंगाले च्यापिएको अवस्थामा भेटिएको र प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोटतर्फ पठाउँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
वर्षातका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका कारणले अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए ।
‘बिहान दैलेख र कालिकोटको सीमानामा पर्ने कालेखोला र एसमोडमा पहिरो खसेको छ,’ उनले भने, ‘पहिरोका कारण यो राजमार्गमा आवतजावत गरिरहेका यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।’
अहिले पहिरो पन्छाउने काम भइरहे पनि वर्षा निरन्तर भइरहेका कारण समस्या भएको प्रहरी प्रमुख शाहले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया