नुवाकोटको स्थानिय तहमा ४९ करोड बेरुजु, सबैभन्दा बढी तादीमा

विदुर खबर २०७८ भदौ ७ गते १६:४९

नुवाकोट । नुवाकोटमा आर्थिक वर्ष ०७६÷७७ मा जिल्लाका १२ वटै स्थानीय तहको गरी ४९ करोड दुई लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको छ ।

Advertisement

महालेखा परीक्षकको प्रतिवेदन प्रतिवेदन अनुसार जिल्लामा गत आर्थिक वर्षमा ४९ करोड दुई लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा बेरुजु रकम देखिएकको आधारमा तादी गाउँपालिकामा पहिलो स्थानमा छ ।
महालेखाको प्रतिवेदन अनुसार तादी गाउँपालिकामा सबैभन्दा बढी सात करोड ३५ लाख ९८ हजार रुपैयाँ बेरुजु देखिएको हो । तादीमा ६२ करोड ७५ लाख ८२ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।

यस्तै जिल्लामा सबैभन्दा कम बेरुजु पञ्चकन्या गाउँपालिकामा देखिएको छ । पञ्चकन्या गाउँपालिकामा ६८ करोड ९३ लाख ४४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ७८ लाख ७४ हजार रुपैयाँ मात्रै बेरुजु रहेको छ ।

Advertisement

यस्तै दुप्चेश्वर गाउँपालिकाको ८१ करोड ७९ लाख ९८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा दुई करोड ७३ लाख ४१ हजार रुपैयाँ, किस्पाङ गाउँपालिकाको ५५ करोड १४ लाख ४४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा दुई करोड ३७ लाख एक हजार रुपैयाँ, म्यागङ गाउँपालिकाको ५८ करोड ८५ लाख ५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ९६ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार तारकेश्वर गाउँपालिकाको ५६ करोड ६४ लाख ८७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २७ लाख ३६ हजार रुपैयाँ, शिवपुरी गाउँपालिकाको ७५ करोड ९४ लाख ३१ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ८७ लाख ७ हजार रुपैयाँ, विदुर नगरपालिकाको २ अर्ब सात करोड ३१ लाख २६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ६ करोड १९ लाख १३ हजार रुपैयाँ र बेलकोटगढी नगरपालिकाको एक अर्ब ५८ करोड ९ लाख ४७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १३ करोड ९६ लाख ९७ हजार रुपैयाँ बेरुजु रहेको छ ।

Advertisement

यस्तै ककनी गाउँपालिकाको एक अर्ब दुई करोड ४२ लाख ७६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ४ करोड ९५ लाख २० हजार रुपैयाँ, लिखु गाउँपालिकाको ७४ करोड ९९ लाख ८० हजार रुपैयाँको लेखा परीक्षण गर्दा एक करोड ९६ लाख ९३ हजार रुपैयाँ र सूर्यगढी गाउँपालिकाको ६८ करोड ७७ लाख १० हजार रुपैयाँको लेखा परिक्षण गर्दा एक करोड ७७ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा नुवाकोटको १२ वटै स्थानीय तहको गरी ३० करोड ७९ लाख ३६ हजार रुपैयाँ र आर्थिक वर्ष ०७५÷७६ मा २५ करोड ६ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

जिल्लामा बेरुजु रकम आर्थिक वर्ष ०७५÷७६ को तुलनामा आर्थिक वर्ष ०७६÷७७ मा झण्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष ०७५÷७६ मा २५ करोड ६ लाख ३२ हजार रुपैयाँ बेरुजु थियो भने आर्थिक वर्ष ०७६÷७७ मा ४९ करोड दुई लाख ४३ हजार रहेको छ ।

प्रतिक्रिया