सुख्खा पहिरोमा पुरिएर एकको मृत्यु, दुई घाईते
नुवाकोट । पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीमा ग्यारेज माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
वारीबेनीमा रहेको रारा अटो मोवाइल्समा माथिबाट खसेको पहिरोमा पुरिएर गाडी मर्मतका लागि आएका एक चालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका हुन् ।
गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ नम्बरको बोलेरो जीप चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका अन्दाजी ३७ वर्षका टेकमान गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ साढे पाँचबजेको समयमा गाडी मर्मतका लागि आएका जिपको धनी समेत रहनुभएका घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि भाग्ने क्रममा अन्य दुई जना मजदुरपनि घाइते भएका छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
गाडी मर्मत गरिरहेको अवस्थामा एक्कासी ग्यारेज माथि रहेको ढिस्को सहितको पहिरो खसेर ग्यारेज पुरिएको थियो । पहिरोले ग्यारेजका साथै अर्को एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया