कोरोना संक्रमित बढेपछि विदुर नगरपालिका उच्च जोखिममा

विदुर खबर २०७८ साउन ३० गते २२:०३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा दैनिक कोरोना संक्रमित बढेसँगै नगरपालिकाको विभिन्न क्षेत्रहरु कोरोनाको उच्च जोखिममा परेको छ ।

Advertisement

नगरपालिकामा दैनिक २० जनाभन्दा बढी संक्रमित भेटिँदा नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाहरु बताउँछन् । जिल्लाको सदरमुकामको रुपमा समेत रहेको नगरपालिकामा दैनिक २ दर्जनभन्दा बढी संक्रमित बढ्दा नगरपालिका कोरोनाको क्षेत्रको रुपमा देखा परेको छ ।

नगरपालिकाको बजार क्षेत्रमा उच्च सुरक्षा सावधानी नअपनाउनु, सामाजिक दुरी तथा भौतिक दुरी कायम नगर्नुले पनि नगरपालिकामा दैनिक संक्रमितको बढ्नुको म्ख्य कारणको रुपमा रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा नगरपालिकामा २९ जना संक्रमित थपिएको स्वासथ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ४५ पुगेको छ । संक्रमितमध्ये एक हजार ७ सय २३ पुरुष र एक हजार एक सय २२ महिला रहेका छन ।

नगरपालिकाका २ सय २४ जना होम आइसोलेसनमा उपचाररत रहेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।

Advertisement

विदुर नगरपालिकामा हालसम्म ३ हजार ४ सय ३३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया