कोरोना संक्रमित बढेपछि विदुर नगरपालिका उच्च जोखिममा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा दैनिक कोरोना संक्रमित बढेसँगै नगरपालिकाको विभिन्न क्षेत्रहरु कोरोनाको उच्च जोखिममा परेको छ ।
नगरपालिकामा दैनिक २० जनाभन्दा बढी संक्रमित भेटिँदा नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाहरु बताउँछन् । जिल्लाको सदरमुकामको रुपमा समेत रहेको नगरपालिकामा दैनिक २ दर्जनभन्दा बढी संक्रमित बढ्दा नगरपालिका कोरोनाको क्षेत्रको रुपमा देखा परेको छ ।
नगरपालिकाको बजार क्षेत्रमा उच्च सुरक्षा सावधानी नअपनाउनु, सामाजिक दुरी तथा भौतिक दुरी कायम नगर्नुले पनि नगरपालिकामा दैनिक संक्रमितको बढ्नुको म्ख्य कारणको रुपमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा नगरपालिकामा २९ जना संक्रमित थपिएको स्वासथ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ४५ पुगेको छ । संक्रमितमध्ये एक हजार ७ सय २३ पुरुष र एक हजार एक सय २२ महिला रहेका छन ।
नगरपालिकाका २ सय २४ जना होम आइसोलेसनमा उपचाररत रहेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
विदुर नगरपालिकामा हालसम्म ३ हजार ४ सय ३३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया