चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता
विदुर खबर
२०७८ साउन २९ गते १६:४२
नुवाकोट । काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिनुभयो । हराइरहेकाहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो ।
जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ । हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया