कोभिडका कारण यार्सागुम्बाको आम्दानी गुम्दै
नुवाकोट । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रका समुदायले यार्सागुम्बा संकलनबाट आम्दानी गुमेको छ ।
जिल्लाको एक मात्र क्षेत्रमा संकलन हुँदै आएको यार्सागुम्बा कोभिडका कारणले यस वर्ष संकलन हुन नसके पछि तोक्पेगोलाका समुदायको आम्दानी गुम्दै गएको हो । विगतका वर्षहरूमा प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको यार्सागुम्बा कोभिड—१९ का कारणले चीनको नाका बन्द भएसँगै यार्सा संकलनबाट स्थानीयले आम्दानी लिन नसकेका हुन् ।
जेठ अन्तिम सातादेखि संकलनका लागि अनुमति खुल्ला भए पनि संकलनका लागि अनुमति पुर्जी लिन नआएको तोक्पेगोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेन्जीङ शेर्पाले बताउनुभयो । समुद्र सतहदेखि चार हजार ५सय मिटर उचाइ भएको क्षेत्रमा यार्सागुम्बा पाइने भए पनि यस वर्ष कोभिड—१९ का कारणले संकलन हुन नसकेको शेर्पाले बताउनुभयो ।
यार्सा संकलन गर्न अनुमति तोक्पेगोला सामुदायिक वन उपभोक्ता समितिले दिंदै आएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो–‘कोभिडका कारणले अघिल्लो वर्ष पनि धेरै संकलन गर्न आएनन् र यो वर्ष पनि कोभिडकै कारण यार्सा संकलन हुन सकेन ।’
सामुदायिक वन उपभोक्ता समितिले यार्सा संकलनका लागि नियम बनाएको छ । मिक्वाखोला गाउँपालिका–५ का स्थानीयवासीलाई यार्सा संकलन गर्न अनुमतिका लागि प्रतिव्यक्ति ५सय रुपियाँ दस्तुर बुझाउनु पर्नेछ । अन्य वडा र अन्य गाउँपालिकाका नागरिकले संकलन अनुमतिका लागि एक हजार ५सय रुपियाँ दस्तुर बुझाउनु पर्ने नियम रहेको शेर्पाले बताउनुभयो ।
विगत वर्षहरूमा ६० जनाभन्दा धेरैलाई यार्सा संकलन अनुमति दिंदै आएको भए पनि कोभिडका कारणले अनुमतिका लागि आवदेन नआएको शेर्पाले बताउनुभयो । विगतका वर्षमा विद्यालय छोडेर यार्सा संकलन गएको दुई वर्षयता यार्सा संकलन हुन नसकेको स्थानीय फुपू ग्यापु लामाले बताउनुभयो ।
‘दिनभरि संकलन गर्यो बेलुका संकलन गर्ने ठाउँमै व्यापारी आएर खरिद गर्नुहुन्थ्र्यो । तर, कोभिडका कारणले दुई वर्षयता संकलन हुन सकेको छैन’ –लामाले भन्नुभयो । तोक्पेगोलमा संकलन भएको यार्साको मुख्य बजार भनेको चीनमा हो । चीनको बजारमा राम्रो बजार मूल्यमा खरिद बिक्री हुने शेर्पाले बताउनुभयो ।
ताप्लेजुङ एक हिमाली जिल्ला भए पनि यार्सा भने तोक्पेगोलामा मात्र संकलन हुँदै आएको मिक्वाखोला गाउँपालिका—५ वडाका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पोगोलामा संकलन भएको यार्सागुम्बाको मुख्य बजार भने चीनसँग हुने गरेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । कोभिडका कारणले चीन नाका बन्द भएको छ । नाका बन्द भएको दुई वर्ष भएको छ । संकलन भएको यार्साले बजार नपाउने भएकाले पनि संकलन गर्न जान छोडेको लामाले बताउनुभयो ।
तोक्पेगोला सामुदायिक वन उपभोक्ता सममितिका अनुसार विगतका वर्षहरूमा दुई किलोदेखि तीन किलोसम्म यार्सा संकलन भएको तथ्यांक रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया