बागमती प्रदेशमा दुर्घटनाका घटना ९१ प्रतिशतले बढ्यो
नुवाकोट । बागमती प्रदेशमा सवारी दुर्घटनाका घटना बढेको पाइएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ९१ प्रतिशतले दुर्घटनाका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष १ हजार ५सय २१ वटा सवारी दुर्घटना भएको जनाइएको छ । प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा गत आर्थिक वर्ष २०७७-७८ मा १ हजार ५सय २१ वटा सवारी दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ७ सय ९३ दुर्घटना भएका थिए । यस्तै गत वर्ष सवारी दुर्घटना सम्बन्धि मुद्धामा दर्ता ११ प्रतिशतले कमि आएको प्रहरीको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा सवारी दुर्घटनाका २ सय ९५ वटा मुद्धा दर्ता भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ३ सय ३३ मुद्धा प्रहरीमा परेको थियो ।
यसैगरि गत वर्ष ३ सय ४९ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएकामा अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ४ सय ७ जनाको ज्यान गएको थियो । गत वर्ष सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा १४ प्रतिशतले कमी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया