सिसडोल ल्याण्डफिलमा समस्या, नयाँ विकल्प खोजिदै
काठमाडौं फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन भरिएपछि दुर्गन्ध फैलिन थालेको छ । दुर्गन्ध फैलिएका कारण स्थानीयवासीले मंगलबार उक्त स्टेसनमा फोहर खसाल्न अवरोध गरेका थिए । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ ।
अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् । लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ ।‘विकल्प नखोजे २२ वटा स्थानीय निकायको फोहोर बाटोमै थुप्रिनेछ’–कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख कँुवरले भन्नुभयो । उहाँले राज्यको कमजोरीको कारण समस्या आएको आरोप लगाउनुभयो ।
तर कामनपाको समन्वयमा सिसडोल ल्याण्डफिल साइटको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गरी राय सुझाव पेश गर्न गठित कार्यदलले पनि सिसडोलको विकल्प खोज्न सुझाएको छ । कार्यदलका संयोजक एवं कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाले केही दिनभित्रै वैकल्पिक ल्याण्डफिल साइट खोजिने बताउनुभयो । उहाँका अनुसार कार्यदलको बैठक बस्नुअघि पुरानै स्थान आलेटार, खाल्डे खोल्चा र सिटे खोल्चामा फोहोर व्यवस्थापन गर्ने गरी तीनवटा नयाँ विकल्प खोजेको छ ।
तर तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र प्रधानमन्त्री शुसील कोइरालाको कार्यकालमा भएको सहमति पुरा नभई नया वैकल्पिक ल्याण्डफिल साइट बनाउन नदिने स्थानीयको भनाई छ । स्थानीय श्रीराम ढुंगानाले नयाँ स्थानमा वैकल्पिक ल्याण्डफिल साइट बनाउँदा स्थानीयसंग सहमति गर्नुपर्ने बताउँदै भन्नुभयो– यसका लागि करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ , सो स्थानबाट स्थानीयलाई टाढै राख्नुपर्छ । संयोजक मरहठ्ठाले स्थानीयसंगै छलफल गरी वैकल्पिक ल्याण्डफिल साइट खोजिने स्पष्ट पार्नुभयो । तर उहाँले अन्तिम विकल्प बञ्चरे डाडा नै भएको बताउनुभयो । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि बञ्चरे डाडाको पूर्वाधार विकासमा सरकारले सहयोग नगरेको आरोप लगाउँदै यसैलाई अन्तिम विकल्प बनाइनुपर्ने बताउनुभयो ।
अहिले सिसडोलमा उपत्यकाका तीनसहित धादिङ, काभ्रे र नुवाकोटको फाल्ने गरिएको छ । त्यहाँ कामपाबाट मात्र २० र अन्य जिल्ला तथा निजी क्षेत्र समेतकाले गरी दैनिक १ सय ५० वटा सवारी साधनले दैनिक फोहोर ओसार्ने गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया