प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट स्वास्थ्य सामाग्री नेपाल भित्रायो

विदुर खबर २०७८ साउन ४ गते १९:२२

नुवाकोट । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ ।

Advertisement

अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले आइतबार चाटर्ड बिमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्राएको हो ।

प्रतिष्ठानले पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको छ । त्यस्तै  डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअल लार्ज २३ सय ४ थान, ईमरजेन्सी रिलिफ वेड ३० थान पनि आइपुगेको छ।

Advertisement

यस्तै अन्य स्वास्थ्य  सामाग्रीहरुमा डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ माक्स १ लाख २८ हजार थान गरी करिव आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।  यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेको उनको भनाई छ ।

उनले कोरोना तेश्रो चरणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री ल्याइएको बताइन् ।  नेपाल ल्याइएका स्वास्थ्य स्वास्थ्य सामाग्री नेपाल सरकारसंगको समन्वयनमा सातै प्रदेशमा वितरण गरिने थापाले जानकारी दिइन् ।  त्यस्तै प्रतिष्ठानका निर्देशक धर्म केसीले कोरोना रोकथाम र न्युनिकरणका लागि बिभिन्न प्रकारका स्वास्थ्य सामाग्री नेपाल ल्याइएको र उक्त सामाग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिए ।

Advertisement

मन्त्रालयको आपूर्ति तथा व्यवस्थापन महाशाखासंगको समन्वय र सहमतिमा मुलुकका आवश्यक स्थानमा बितरण गरिने उनको भनाई छ । यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर , मेडिकल टेन्ट , वाईप्याप मेसिन ,आइसीयू वेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको थियो ।

प्रतिक्रिया