नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ३० पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुगेको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ६ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २० जनाको एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी खनालले बताए । आज भेटिएका कोरोना संक्रमितमध्ये ४ जना ककनी गाउँपालिकाका, ३ जना विदुर नगरपालिकाका, २ जना ताद िगाउँपालिकाका रहेका छन् ।
यस्तै शिवपुरी र दुप्चेश्वर गाउँपालिकामा सामान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ३७ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २१ हजार ८ सय २६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया