नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ३० पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३० पुगेको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ६ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २० जनाको एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी खनालले बताए । आज भेटिएका कोरोना संक्रमितमध्ये ४ जना ककनी गाउँपालिकाका, ३ जना विदुर नगरपालिकाका, २ जना ताद िगाउँपालिकाका रहेका छन् ।
यस्तै शिवपुरी र दुप्चेश्वर गाउँपालिकामा सामान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ३७ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २१ हजार ८ सय २६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
प्रतिक्रिया